+

जुड बेलिङघम अर्को स्तरमा पुगे : साउथगेट

२०७९ मंसिर  १९ गते १४:५० २०७९ मंसिर १९ गते १४:५०
जुड बेलिङघम अर्को स्तरमा पुगे : साउथगेट

१९ मंसिर, काठमाडौं । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटलाई जुड बेलिङघम केही विशेष हुन् भन्ने पहिले नै लागेको थियो । तर १९ वर्षीय युवा खेलाडीले विश्वकपमा गरेको प्रदर्शनबाट साउथगेट सरप्राइज भएका छन् ।

दुई साताअघि बेलिङघमले इरान विरुद्ध विश्वकपमा डेब्यु गर्दै गोल गरेका थिए । उनले आइतबार सेनेगल विरुद्ध ३-० को जित निकाल्दा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

उनले जोर्डन हेन्डरसनले गरेको पहिलो गोलका लागि असिस्ट समेत गरे । त्यसपछि कप्तान ह्यारी केनले दोस्रो गोल गर्दा आफ्नै क्षेत्रबाट बेलिङघमले आक्रमक सुरु गरेका थिए ।

तथ्याङ्क विश्लेषण गर्ने कम्पनी ओप्टाका अनुसार उनी १९६६ पछि नकआउट राउण्डमा गोलका लागि असिस्ट गर्ने पहिलो टिनएजर खेलाडी समेत बने । ‘मलाई लाग्दैन कि हामीले बेलिङ्घम कति चाँडो परिपक्व हुन सक्छ भनेर भविष्यवाणी गर्न सक्छौँ । पछिल्ला पाँच महिनामा उनी अर्को स्तरमा पुगेका छन्,’ साउथगेटले बोरुसिया डर्टमन्डका खेलाडीको बारेमा भने । जसका लागि लिभरपुलले १०० मिलियन पाउण्डमा अनुबन्ध गर्ने लक्ष्य राखेको छ ।

आइतबार दुई गोलका लागि असिस्ट गरेका २२ वर्षी फिल फोडेनले पनि बेलिङ्घमको प्रशंसा गरेका छन् । फोडेनले बेलिङ्घम विश्वकै उत्कृष्ट मिडफिल्डर हुने भविष्यवाणी गरे । ‘म उनको बारेमा अहिले ठूलो कुरा भन्न चाहन्न किनकी उनी अझै युवा छन् तर उनी मैले देखेका मध्ये सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक हुन्’, फोडेनले भने, ‘उनको खेलमा कुनै कमजोरी छैन ।’

इंग्ल्याण्डको जितमा राम्रो प्रदर्शन गरेको हेन्डरसनले अहिले बेलिङ्घमको बारेमा अहिले धेरै नबोल्ने बताए । पहिलो हाफमा इंग्ल्याण्डले सेनेगल विरुद्ध संघर्ष गरिरहेको अवसथ्मा बेलिङ्घमले खेलमा कन्ट्रोल गरेका थिए । उनले ८ डुएल्स जितेका थिए भने तीन ट्याकल्स जितेका थिए ।

इंग्ल्याण्डका पूर्व डिफेण्डर रियो फर्डिनान्ड बेलिङ्घमको प्रदर्शनमा छक्क पर्ने फुटबल पण्डितमध्ये एक हुन् । उनले उनी १९ वर्ष भएको जन्मदर्ता नै हेर्न चाहेका छन् । ‘जुड बेलिङ्घहम १९ वर्ष भए, म उनको जन्मदर्ता हेर्न चाहन्छु ।’

इंग्ल्याण्डले अब क्वाटरफाइनलमा शनिबार फ्रान्ससँग खेल्नेछ ।

इंगल्याण्ड जुड बेलिङघम फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय