+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सीसी क्यामेराविहीन भयो बागलुङ बजार

रासस रासस
२०७९ पुष ५ गते १६:२४

५ पुस, बागलुङ । २०७१ सालमा बागलुङ बजारमा जडान गरेका २९ सीसी क्यामेरा अहिले प्रयोगमा छैनन् । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सीसी क्यामेरा समयमै मर्मत सम्भार नहुदा काम नलाग्ने भएका हुन् ।

२०७५ सालमा २९ मध्ये १६ सीसी क्यामेरा बिग्रिएका थिए भने अहिले एउटा सीसी क्यामेरासमेत सञ्चालन नआउँदा जिल्ला सदरमुकामा सुरक्षा चुनौती बढेको छ । बागलुङ बजारमा चोरी डकैतीका घटना बढ्न थालेपछि नियन्त्रका लागि अत्यावश्यक बनेको सीसी क्यामरा नहुँदा समस्या छ । अपराध निरन्त्रणका साथै चोरी डकैतीका घटना बाहिर ल्याउन तथा अदालतलेसमेत सीसी क्यामेराको दृश्यलाई भरपर्दो प्रमाणका रुपमा लिने गरिएको छ ।

सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सीसी क्यामेरा यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सीसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको भए पनि सीसी क्यामेरा बिग्रिएकापछि नियन्त्रणकक्ष समेत प्रयोगमा आउन छोडेको छ ।

प्रविधिको प्रयोगसँगै बढ्दो अपराध निरन्त्रण गर्न सीसी क्यामेरा अहिलेको अनिवार्य आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

‘सीसी क्यामेरालाई आधार मानेर ठूला–ठूला जघन्य अपराधको अनुसन्धान गरिएको हुन्छ, हालै बागलुङमा फूलमाया माझीको हत्या विद्यालयको सीसी क्यामेराका आधारमा किनारा लगाउन सकियो’, ज्ञवालीले भने, ‘सीसी क्यामेरा नहुँदा सुरक्षामा प्रभाव परेको छ, दुर्घटना नियन्त्रण र दुर्घटनापछिको अनुसन्धान छुट्टाउन भूमिका सीसी क्यामेराको हुन्छ ।’

ज्ञवालीका अनुसार अहिले बागलुङ उद्योग वाणिज्यसङ्घले सीसी क्यामेरा जडान गर्न सर्वे गरेको जनाएको छ । सीसी क्यामेराको प्रमुख व्यवस्थापक रहेको बागलुङ उद्योग वाणिज्य सङ्घले विग्रिएका सीसी क्यामेरा पुरानो मोडेलका भएको र नयाँ विद्युत्का पुलोमा केबल सहितको विद्युतीकरण गरी नाङ्गो विद्युतीय तारमुक्त बागलुङ बजार बनाउनका लागि दुई वर्ष सीसी क्यामेरा जडान गर्न नसकेको जनाएको छ ।

सङ्घका अध्यक्ष नरेश कँडेलले २०७१ सालमा जडान गरिएका सीसी क्यामेरा बिग्रेको बताए । अध्यक्ष कँडेलले भने, ‘क्यामेरा जडानका लागि बागलुङ नगरपालिकाले रु १५ लाख विनियोजन गरेको छ, हाम्रो लागत ४२ लाख हो, सीसी क्यामेरा राख्दै जाने, व्यवसयासी र बैंकर्सबाट सहयोग समेत उठाउने लक्ष्य छ ।’

बागलुङ नगरपालिकाले बागलुङ बजारमा सीसी क्यामेरा जडानका लागि तगारुकता देखाएर बजेट विनियोजन गरेको बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । अहिले जोड्ने भनिएका क्यामेरा बागलुङ बजार, रामरेखा, उपल्लाचौरदेखि कुडुँलेसम्म जडान गरिने गरी अध्ययन गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?