+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पर्साको भिश्वा बजार भन्सारको छापा, ४ लाखको चामल बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १७:५४

६ पुस, वीरगञ्ज । पर्साको भिश्वा बजारमा सुरक्षा निकाय र भन्सारसहितको संयुक्त टोलीले छापा मारेर ४ लाख मुल्य बराबरको चामल बरामद गरेको छ ।

छिपहरमाई गाउँपालिका-५ भिश्वा बजारबाट भन्सार छलेर ल्याइएको ४ लाख मुल्य बराबरको ३ सय ११ बोरा चामल बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरलाई सिमावर्ती भारतीय बजारबाट भन्सार छलेर चामल ल्याई भिश्वा बजारमा भण्डारण गरेर राखिएको सूचना आएको थियो ।

सोही सूचनाको आधारमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरगञ्ज भन्सारको टोलीले चामल बरामद गरेको छ ।

स्थानीय विस्मिल्लाह मियाँ भन्ने व्यक्तिको घरको गोदामबाट ‘स्टिम सोना’ लेखिएको २० किलो दरका ३ सय ११ बोरा चामल बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए ।

‘सूचना आएजस्तै गोदाममा भण्डारण गरिएको चामलको बिल बिजक भेटिएन, त्यसैले चामल बरामद गरेका हौं ।’ उनले भने, ‘भारतीय नागरिक फिरोज मिस्त्रीले गोदाम भाडामा लिएर सिमावर्ती बजारबाट भन्सार छलेर चामल ल्याई भण्डारण गरेर राखेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । बरामद गरिएको चामल आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?