+
+

कर्णालीमा कांग्रेस संसदीय दलको निर्वाचन शनिबार, उम्मेदवार बन्न २५ हजार

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १५:५३

७ पुस, सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन शनिबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको निर्वाचन समितिले बिहीबार उम्मेदवार बन्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

सेसार्वजनिक गरेको कार्यसूची अनुसार शनिबार दलको नेताका लागि निर्वाचन हुने निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायले जानकारी दिए । उनका अनुसार शनिबार विहान ९ बजेदेखि ११ बजेसम्म मतदान गर्ने कार्यतालिका बनाएको छ । दलको उम्मेदवारका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।

कार्यतालिका अनुसार शुक्रवार ८ गते बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने छ भने सोही दिन दिउँसो १२ बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।

शुक्रबार दिउसो ३:३० बजे उम्मेदवारका लागि दरखास्त गर्ने कार्यतालिका रहेको छ भने उम्मेदवारको नाम फिर्ता लिने समय बेलुका साढे पाँच बजे तोकिएको छ ।

शुक्रबार बेलुकी ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक विसीले बताए । शनिबार नै मतदान र मतगणना गरिने छ ।

कर्णालीमा कांग्रेस संसदीय दलको लागि बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र नेता राजीव विक्रम शाह मैदानमा उत्रिएका छन् । यी दुवै कांग्रेस संस्थापन समुहका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?