+
+
फ्राइडे रिलिज :

सेक्सपियरको नाटकमा आधारित फिल्म ‘सर्कस’ हलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १२:१०

काठमाडौं । हलमा हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को दबदबा जारी रहँदा बलिउड फिल्म ‘सर्कस’ शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ ।

रोहित सेट्टीले निर्देशन गरेको फिल्ममा रणवीर सिंह, पूजा हेग्डे, जोनी लिभर, ज्याकलिन फर्नान्डिज, वरुण शर्मा र सञ्जय मिश्राको अभिनय छ । कमेडी र ड्रामा जनरामा राखिएको फिल्मलाई रोहित सेट्टीले निर्देशन गरेका हुन् ।

२ घण्टा २२ मिनेट लम्बाइको फिल्मले जन्मिदाखेरि अलग भएका दुई जुम्ल्याहाको कथा भन्छ । उनीहरु संयोगवश एउटै सहरमा हुँदा मानिसले एकअर्कालाई लिएर गर्ने गलफत्ती र हैरानीको कथावस्तु यसमा छ ।

फिल्ममा रणवीर दोहोरो चरित्रमा छन् । विलियम सेक्सपियरको नाटक ‘द कमेडी अफ इररर्स’मा यो फिल्म आधारित छ । सेक्सपियरको यो नाटकलाई संसारभर नाटकमा रुपान्तरण गरेर मञ्चन गरिएको छ ।

फिल्ममा अजय देवगण र दीपिका पादुकोणको अतिथि भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?