+
+

उमेशको ‘सान्बाबु’मा रोमान्टिक केकी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १०:५५

१५ पुस, काठमाडौं । गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘सान्बाबु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

रोहित घिमिरेका शब्द, सिएल शर्माको संगीत रहेको सार्वजनिक गीतमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

भिडियोमा केकी युवा उद्यमीसमेत रहेका मोडल उमेशसँग गज्जबले खुलेकी छिन् ।

कुलेखानी, चित्लाङ लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

विकास दाहालको सम्पादन, उत्सब दाहालको छायांकन रहेको गीतमा सन्जीब बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ । भिडियो द डिभाइन म्यूजिकबाट बजारमा आएको हो ।

https://www.youtube.com/watch?v=f_1uM0zOddA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?