+
+

एमाले सांसदको उपस्थितिमा फिल्म ‘दिलमाया २’को प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १४:४३

काठमाडौं । राजु गिरी निर्देशित फिल्म ‘दिलमाया २’लाई सोमबार वीरगञ्जमा प्रिमियर गरिएको छ । एमाले सांसद राजकुमार गुप्ता प्रिमियर समारोहमा उपस्थित रहे ।

प्रिमियरमा भाग लिन निर्देशक गिरी, कलाकारसहित ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपाली पनि पुगेका थिए । फिल्म हेरेपछि सांसद गुप्ताले यसको कथावस्तु र अभिनयलाई रुचाएको जानकारी निर्देशक गिरीले दिए ।

चैत १७ गतेदेखि यो फिल्म देशब्यापी प्रदर्शन हुँदैछ । निर्देशक गिरीले मुलुकका अन्य सहरमा समेत फिल्म प्रदर्शनको तयारी भैरहेको बताए ।

राजु गिरी प्रोडक्सन व्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती लगायतको अभियन छ ।

बिष्णु मिराकर र सुस्मिता खत्रीको छायांकन रहेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन छ । फिल्मलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । ्

भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?