+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विद्यालयमा बाहिरी मान्छे प्रवेश नगराउन काठमाडौं महानगरपालिकाको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १९:३०

१९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले पूर्व स्वीकृति बेगर कसैलाई विद्यालयमा प्रवेश नगराउन विद्यालयहरुलाई परिपत्र गरेको छ ।

विभागको अनुसार विद्यालयहरुमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदीको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीहरुसँग जबरजस्ती आर्थिक सहयोग माग गर्ने, शिक्षक विद्यार्थीलई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयको बारम्बार गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन परिपत्र गरिएको हो ।

विभाग अधिकृत रामप्रसाद सुवेदीले विद्यालय शान्ति क्षेत्रको उल्लंघन भई विद्यालयको समग्र शैक्षिक गतिविधि प्रभावित भएको गुनासो विद्यालय तथा अभिभावकबाट आएको हुनाले पूर्व स्वीकृति बेगर विद्यालयमा प्रवेश अथवा कसैलाई आमत्रण गर्नै पर्ने भएमा विभागलाई पूर्व जानकारी गराएर मात्रै प्रवेश गराउन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?