+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सबै विश्वविद्यालयमा स्ववियु निर्वाचनको मिति एकै पटक घोषणा गर्न अनेरास्ववियूको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १८:११

२२ पुस, काठमाडौं । अनेरास्ववियूले सबै विश्वविद्यालयमा एकै साथ स्ववियु निर्वाचन मिति घोषणा माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

त्रिविका सबै क्याम्पस, आंगिक तथा अन्य विश्वविद्यालयहरुमा स्ववियु मिति घोषणा हुनुपर्ने, निर्वाचन प्रणाली समावेशीताको सिद्धान्त अनुसार हुनुपर्ने, विद्यार्थीको परीक्षाको नतिजा आउनुपर्ने, शैक्षिक क्यालेन्डर व्यवस्थित हुनुपर्ने, शैक्षिक वातावरण निर्माण हुनुपर्ने लगायतका कुराहरु विज्ञप्तिमा समेटिएको अध्यक्ष सुदेश पराजुलीले बताए ।

अहिले व्याप्त समस्या समाधान गर्दै त्रिविले विद्यार्थीले हक अधिकारको प्रत्याभूति गर्नको लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न र सबैमा एकै साथ निर्वाचन मिति घोषणा गर्न निर्देशन दिन माग गरिएको अनेरास्ववियूले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?