+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर हो : चन्द्र ढकाल

'दुई प्लस दुई ४ नभई ५ को लक्ष्य लिएर मर्जर गर्दा सफल'

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १०:१३

२५ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक बताएका छन् ।

सोमबार बैंक अफ काठमाण्डुसँगको मर्जरपछिको एकीकृत कारोबार सुरु गर्दै उनले दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकाले सफल भएको उनले बताए ।

‘दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकोले हामी मात्रै सफल भएका छैनौं नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाएका छौं,’ उनले भने, ‘ग्लोबल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको छ ।’

उनले बैंक अफ काठमाण्डुसँगको मर्जरपछि ग्लोबल आईएमई बैंक पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायत धेरै कुरामा नेपालकै ठूलो बैंक भएको बताए ।

उनले बैंकको कूल पूँजीकोष करिब ५७ अर्ब, निक्षेप ४ खर्ब १० अर्ब , कर्जा लगानी ४ खर्ब र सम्पत्ती ५ खर्ब भन्दा माथि पुगेको बताए । यस्तै ४ हजार भन्दा बढी कर्मचारीलाई रोजगारी प्रदान गरिहेको उनले बताए ।

‘ग्लोबल आईएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिब १० प्रतिशत ओगट्ने बैंक बनेको छ,’ ढकालले भने, ‘बैंक ठूलो भएर जोखिम बहन गर्नसक्ने क्षमतामा वृद्धि भएसँगै ठूला परियोजनामा लगानी जुटाउन धेरै बैंक सहभागी हुनुपर्ने कठिनाइलाई यो मर्जरले सहजीकरण गर्ने विश्वास लिएको छु ।’

उनले खाडिमा रहेका नेपालीहरुले दु:ख गरेर कमाएको रेमिट्यान्स घर-घरमा पुर्‍याउन सेवा सुरु गरेको आइएमईको यात्रा आज आईएमई फाइनान्स हुँदै आज नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा स्थापीत भएको बताए ।

‘पेसा र व्यवसायीको सफलताको सूत्र इमान्दारिता नै हो,’ उनले भने, ‘आईएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकता थियो ।’ आईएमई समूह वित्तीय क्षेत्र मात्रै नभएर राज्यको प्राथमिकतामा रहेको सूचना प्रविधिका साथै पर्यटन पूर्वाधारमा पनि केन्द्रित रहेको उनले बताए ।

हरेक लगानीमा स्थानीय र सर्वसाधारणको लगानी सुनिश्चितता सहित अगाडि बढ्नु नै आईएमईको सफलताको सूत्र भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?