+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक ल्‍याउने सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १९:३२

९ माघ, काठमाडौं । सरकारले फेरि सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने विभिन्न ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ ।

यसअघि नै विभिन्न १८ वटा ऐन संशोधन प्रक्रिया अघि बढेको भएपनि राष्ट्रिय सभामा पुगेर विधेयक रोकिएको थियो । त्यो विधेयक निस्तेज भइसकेपछि कानून मन्त्रालयले फेरी शुरुदेखि प्रक्रिया थालेको हो ।

‘भर्खरै सम्पत्ति शुद्धीकरण सम्बन्धी नेपालले गरेका प्रयासको वारेमा अन्तराष्ट्रिय टोली आएर मूल्यांकन पनि गर्‍यो, हामीले कतिपय कानूनी प्रावधानहरु सुधार गर्नुपर्ने पनि छ’ कानून न्याय तथा संसदिय मामिला मन्त्रालयका प्रवक्ता फणिन्द्र गौतमले अनलाइखबरसँग भने, ‘अहिले विधेयकमा भएका बाहेक अरु प्रावधानहरु पनि समावेश गर्न खाजेका हौं ।’ मन्त्रालयले विधेयकलाई छिट्टै अन्तिम रुप दिने तयारी गरेको समेत उनको भनाइ छ ।

प्रतिनिधिसभाको पदावधि सकिनै लाग्दा गत भदौंको अन्तिम साता सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक पेश गरेको थियो । प्रतिनिधिसभाबाट ‘फास्ट ट्रयाक’मा पारित भएको विधेयक राष्ट्रिय सभाबाट पारित हुन सकेन र अलपत्र पर्‍यो । कामचलाउ सरकारले ल्याएको भन्दै राष्ट्रपतिले जारी नगरेपछि अध्यादेश अलपत्र परेको थियो । कानूनी रिक्तता देखिनसक्ने भन्दै सरकारले विधेयकलाई प्राथमिकता दिएको हो ।

कानून मन्त्रालयका सहसचिव गौतमका अनुसार, विधेयकमा करिब एक दर्जनजति कानून संशोधनको प्रस्ताव हुनेछ । संशोधन गर्न खोजिएका अधिकांश कानून व्यवस्था सम्पत्ति शुद्धीकरण र गैरकानूनी धन आर्जनमाथिको नियन्त्रण र अनुसन्धानसँग सम्बन्धित छन् ।

देउवा सरकराले त्यसमा क्यासिनोसँग सम्बन्धित विषय समावेश छुटाएकोमा विधेयकमा त्यसलाई पनि समावेश गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?