+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गोरखाको बुंकोटघाटमा महायज्ञ हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १८:०१

१२ माघ, गोरखा । शहीदलखन गाउँपालिका-९ बुंकोटघाटमा  श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

नाम्जुङ सेवा समाजको आयोजनामा फागुन २३ गतेबाट महायज्ञ हुन लागेको हो । उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने तय भइसकेको समाजका अध्यक्ष शिव बञ्जराले बताए ।

ऐतिहासिक महादेव मन्दिरको संरक्षण एवं शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उदेश्यले महायज्ञ गर्न लागिएको उनले जानकारी दिए । ‘बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने त्यो मन्दिर संरक्षण एवं स्थानान्तरणका लागी जग्गा व्यवस्थापनमा पनि सहयोग गर्ने लक्ष्य हो,’ उनले भने, ‘अहिले नाम्जुङको जनशक्ति माविमा संचालन भइरहेको प्राविधिक शिक्षा (फार्मेसी) लाई पनि सहयोग गर्छौ।’

भीमवीरेश्वर मन्दिरको सत्तलभित्र हुने महायज्ञमा पण्डित दीनवन्धु पोखरेलले कथा वाचन गर्ने छन् । पोखरेलले नेपाल लगायत २० भन्दा बढी देशमा प्रवचन दिइसकेका छन् ।

महायज्ञबाट संकलित रकममध्ये केही विपतमा परेकाहरुलाई सहयोग गर्ने बताइएको छ । सहयोगका लागी आपतकालिन राहत कोष स्थापना गरिने बञ्जराले बताए ।

महायज्ञ संचालनका लागी सुरेन्द्र थापा संयोजक रहेको एक हजार एक सय मूल समारोह समिति गठन भइसकेको छ । ३५ वटा उपसमितिहरु पनि गठन भइसकेका छन् ।

फागुन ३० गतेसम्म चल्ने महायज्ञममा गोरखाको शहीदलखन, गण्डकी, भीमसेन थापा र धादिङको ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वय रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?