 
																			१५ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पवित्र भूमि लुम्बिनीमा अपवित्र काम भइरहेको भन्दै असन्तुष्टि व्यक्ति गरेका छन् । आइतबार मन्त्रालयमा लुम्बिनी विकास कोषको ब्रिफिङपछि बोल्दै मन्त्री किरातीले विश्वले फोटोकपी गर्न नसक्ने सम्पदा लुम्बिनीलाई बदनाम गरिएको बताए । राज्यले ठूलो विश्वास गरेर त्यस क्षेत्रको विकासमा पठाएका मान्छेहरुले आफ्नो भूमिका बिर्सन नहुने उनको भनाइ छ ।
पवित्र र धार्मीक पर्यटकीय क्षेत्र आज गाईको गोबर र फोहोरले भरिएको गुनासो आफूसँग आएको मन्त्री किरातीले बताए । लुम्बिनी गौचरण बनाइएको भन्दै उनले व्यवस्थापनको कमी भएको बताए । ‘मैले लुम्बिनीको फोहोरको चर्चा चाइनामा सुनें, संयोगवस यही मन्त्रालयको मन्त्री बन्न आइपुगेको छु, अब लुम्बिनी सफा हुनुपर्छ’ उनले भने ।
लुम्बिनीलाई विकासको नाममा मागी खाने भाँडो मात्रै बनाइएको गुनासो समेत उनले गरे । एउटा संरचना बनाएर त्यसको सही उपयोग नगरी अर्को संरचना थएिको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । लुम्बिनीमा धेरै बेरुजु देखिएको भन्दै अनियमिताको आशंका समेत उनले थरे ।
पर्याप्त बजेट हुँदा हुँदै पनि काम गर्न नसकेको भन्दै उनले लुम्बिनी विकास कोषसँग असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘नीतिगत कुराले छेकेको हो भने भन्नुस्, तर अब बाहनाले चल्नेवाला छैन, तपाईंहरुले हिजो जे गर्नु भयो, अब काम चाहियो ।’ उनले कोषले साप्ताहिक रुपमा कामको रिपोर्ट बुझाउन समेत निर्देशन दिए ।
उनले आफूलाई कसैले प्रलोभनमा पार्न नसक्ने भन्दै त्यस्तो प्रयास नगर्न समेत चेतावनी दिए । ‘म कुनै रवाफ र प्रभावमा पर्नेवाला छैन, हामीलाई कसैले कुनै प्रभावमा पार्ने प्रयत्न तथा दुस्साहस नगर्नु होला ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4