
काठमाडौं । दक्षिण भारतीय स्टार जुनियर एनटीआरले निर्देशक एसएस राजामौलीको उच्च प्रशंसा गरेका छन् ।
हालैको एक अन्तर्वार्तामा एनटीआरले राजामौलीले फिल्म ‘बाहुबली’बाट भाषाको सीमाना तोडिदिएको र ‘आरआरआर’को माध्यमबाट दुनियाँभरका दर्शकलाई एकजुट गराएको बताए ।
‘आरआरआर’ अभिनेताले भने, ‘फिल्म बाहुबलीबाट एसएस राजामौलीले भाषाको सीमा तोडेर यो सावित गरे कि अब भारतमा एउटा मात्रै इण्डियन फिल्म इन्डष्ट्री रहेको सन्देश दिए । आरआरआरको माध्यमबाट उनले पूरै दुनियाँलाई एकजुट गराए ।’
एनटीआरले आरआरआर फिल्म गर्दा भारतमा राम्रो गर्ने आशा राखेको भएपनि पश्चिमी देश र जापानमा भने सानदार प्रदर्शनमा गर्नेमा शंका रहेको बताए । एसएस राजमौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ले बक्स अफिसमा उच्च कमाइ गर्दै नयाँ नयाँ रेकर्ड बनाएको थियो ।
आरआरआरको ‘नाटु नाटु’ गीतले उत्कृष्ट मौलिक गीतको विधामा गोल्डेन ग्लोब अवार्ड जित्यो । यो गीत सन् २०२३ को ओस्कार अवार्डमा पनि मौलिक गीतर्फ मनोनयनमा परेको छ ।
प्रतिक्रिया 4