
३ फागुन, जनकपुरधाम । खोला उत्खनन्को विरोध गर्दा हत्या गरिएका दिलिप महतो (ओमप्रकाश) घटनामा संलग्न ३ जना दोषी ठहर भएका छन् ।
जिल्ला अदालत धनुषाले घटनामा संलग्न रहेको प्रमुख योजनाकार विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतोलाई दोषी ठहर गरेको हो ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले बुधबार यस्तो आदेश सुनाएको स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए ।
हत्यामा संलग्न रहेको आरोप लागेका चारजना अभियुक्तलाई भने सफाइ दिइएको छ । घटनामा संलग्न रहेको दावी प्रमाण नपुगेपछि उनीहरूलाई सफाइ दिइएको स्रेस्तेदार बस्नेतले बताए ।
दोषी ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक छन् भने जितेन्द्र र मुनीन्द्र भने कामदार हुन् ।दोषी ठहर भएकाहरुको हकमा साजय फागुन १२ गते सुनाइने श्रस्तेदारले जानकारी दिए ।
२५ पुस २०७६ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो ।
प्रतिक्रिया 4