 
																			१० फागुन, काठमाडौं । प्रहरीले अमेरिकी डलर देखाई लुटपाट र ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको गाती गाविस घर भई हाल भक्तपुरको पुरानो ठिमी बस्ने ३२ वर्षीय दावा डुण्डुप तामाङ रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत बौद्ध, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
डुण्डुप तामाङले साँखुमा अमेरिकी डलर देखाई ४ लाख लुटपाट गरी फरार रहेको खुल्न आएको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4