 
																			११ फागुन, काठमाडौं । लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले अनियन्त्रित कर्जा लगानी, प्रोभिजन र लाभांशमा गरेको कडाइको असर सेयर बजारमा देखिएको छ ।
बिहीबार लघुवित्त उपसूचकमा पहिरो गयो । जसका कारण समग्र सेयर बजारमा ५७.७४ अंकको गिरावट आएको छ । लघुवित्तमा मात्र ९.५४ अंकको गिरावट आएको छ । ३९ वटा कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट लेवलमा कारोबार भयो । यसरी घट्नेमा सबै लघुवित्त कम्पनी छन् ।
बिहीबार ४८ हजार १०५ वटा कारोबारबाट ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको छ । बिहीबार २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । घट्दो बजारमा पनि नेपाल हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशतले बढ्यो । सामलिङ पावर कम्पनी ४.७७ प्रतिशतले बढेको छ । बिहीबार छिमेक लघुवित्तको सबैभन्दा धेरै कारोबार भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4