+
+

विस्तारित चक्रपथमा सवारी सञ्चालनको नयाँ नियम

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १५:५६

११ फागुन, काठमाडौं । ट्राफिक प्रहरीले ललितपुर ग्वार्को चोकमा ओभरपास निर्माणको सहजीकरणका लागि भन्दै स्तिारित चक्रपथमा सवारी सञ्चालनमा नयाँ नियम ल्याएको छ ।

पिक आवरको समयमा विहान ८ बजेदेखि ११  बजेसम्म र अपरान्ह ४ बजेदेखि ८ बजेसम्म मालवाहक ठूला तथा साना सवारी साधनहरूले बालकुमारी देखि ग्वार्को र सातदोवाटोदेखि ग्वार्को सडकको प्रयोग गर्न नपाउने भएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ । स्कुल बसहरू विहान ९ बजेभित्र ग्वार्को आइसक्नुपर्ने र ग्वार्कोबाट अपरान्ह ४ बजेभित्र बाहिरिनु पर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

सडक विभागले ठेक्का लगाएपछि सडकमै काम सुरु भएको छ । त्यसले ट्राफिक व्यवस्थापन जटिल भएपछि विस्तारित रिंगरोडमा सवारी सञ्चाालनको नयाँ नियम ल्याइएको हो ।

त्यसैगरी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी-कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर प्रति घण्टा र सर्भिस ट्रयाकमा २० किलोमिटर प्रति गति तोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कोटेश्वर-भक्तपुर सडक खण्डमा पनि ५० किलोमिटर प्रति घण्टाको सीमा तोकिएको छ । ‘उपत्यकाको विभिन्न स्थानमा आवश्यकताअनुसार गति सीमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरू समेत राखिएको व्यहोरा अनुरोध गरिएको छ,’ ट्राफिकले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?