११ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।
काठमाडौंमै भएको भेटमा नेपालले नेकपा ब्यूँताउने भए आफू राष्ट्रपति बन्न तयार रहेको बताएको श्रोतले जनाएको छ ।
‘भेटमा राष्ट्रपति चयनका विषयमा कुराकानी भयो’ माधव निकट स्रोतले अनलाइनखबरलाई भन्यो, ‘अध्यक्षज्यूले नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्न तयार रहेको बताउनुभयो ।’
सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको भए पनि पछि नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको आदेश अनुसार नेकपा विघटन भएर दुई पार्टी पहिल्यैकै रुपमा फर्केका थिए ।
त्यसपछि नेकपा एमालेबाट अलग भएर नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4