+
+

बृहत् नेपाली शब्दकोश परिमार्जन गर्छु : कुलपति भूपाल राई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते ९:००

१४ फागुन, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले बृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने बताएका छन् ।

कुलपति राईले परिमार्जनको लागि सुझाव लिइरहेको बताए ।

शनिबार लेखक प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ विमोचन कार्यक्रममा बोल्दै कुलपति राईले अहिलेको नेपाली बृहत् शब्दकोशले कतिपय शब्द, थरको शब्दको अर्थ समुदायलाई नै हियाउने खालको रहेकोले परिमार्जन गर्ने तयारी थालेको बताए । त्यसका लागि त्यस्ता शब्दहरुको अर्थ, सुझाव संकलन कार्य सुरु गरेको जानकारी दिए ।

उनले भने, ‘मैले बृहत् शब्दकोश परिमार्जनको लागि सुझाव लिन तथा अर्थहरु केलाउन सुरु गरेको छु । मेरो पहिलो काम त्यहींबाट सुरु भएको छ ।’

उनले बृहत् नेपाली शब्दकोशमा भएका शब्दका अर्थ परिमार्जन गर्नुपर्छ भन्ने लागेमा सुझाव दिन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?