+
+

राप्रपाको युवा संगठन संयोजकमा सुजित केसी चयन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १७:०८

१४ फागुन, काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको संयोजकमा सुजित केसी चयन भएका छन् ।

काठमाडौंमा फागुन १३ र १४ गते भएको संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रीय संयोजकमा केसीलाई सर्वसम्मत चयन गरेको हो । संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी केसी संयोजक चयन भएका हुन् ।

अधिवक्तासमेत रहेका केसीले राप्रपाको युवा संगठनको केन्द्रीय पदाधिकारीमा रहेर ९ वर्ष काम गरिसकेका छन् । राजनीति शास्त्र, कानुन तथा समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा विद्यावारिधी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?