
कठमाडौं । सेलिब्रिटी नेपाली हेयर स्टाइलिस्ट नीलडेविड कटवालले भारतको सिलिगुडीस्थित सेवकरोडस्थित अत्याधुनिक एक्रोपोलिस मलको तेस्रो तल्लामा नीलडेविड् ब्राण्डको नीलडेविड्स द सैलुन लाउञ्ज सञ्चालनमा ल्याएका छन् ।
हालै नेपालीभाषी तथा भारतीय कलाकारले उक्त सैलुनको उद्घाटन गरे । मलका सञ्चालक अनिल मसानी, राजेश अग्रवालसहित निर्माता/निर्देशक टिकम शर्मा, गायक कर्मा शेर्पा, बंगाली अभिनेत्री अंकिता दास, मोडल सुकचन्द थापा, सञ्चारकर्मी शिवु क्षेत्री तथा हेयर स्टाइलिष्ट कटवालले संयुक्त रुपमा रिबन काटेर सलूनको उद्घाटन गरे ।
यसैबीच, लाउञ्जमार्फत डेविडले इन्टेरियर डिजाइनिङमा पनि कदम राखेका छन् । लाउञ्जको इन्टेरियर डिजाइन कटवाल आफैंले गरेका हुन् । सन् २०२३ देखि फ्रेन्चाइज मोडलको रुपमा डिजाइन गरिएको यो मोडल सैलुन १२ सय स्क्वायर फिटमा नीलडेविड आफैंले इन्टेरियर डिजाइन तथा कन्सेप्ट दिएको बताएका छन् ।
नीलडेविड्स ब्राण्डको फ्रेन्चाइजी नेपाल तथा भारतमा वैशाखदेखि आधिकारिक घोषणा हुँदैछ । भदौ महिनादेखि नीलडेविड कटवाल सिग्नेचर सलून संयुक्त रुपमा नीलडेविड कटवाल, सरोज थापा र राजन कटवालको साझेदारीमा बुटवलमा सञ्चालनमा आउने घोषणा गरिएको छ ।
प्रतिक्रिया 4