+
+

प्रचण्डले चीनविरुद्ध गद्दारी गरे : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २० गते २०:१०

२० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको आरोप छ ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गरे ।

‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो,’ ओलीले, ‘जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय । भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरु मात्रै बस्छन त्यहाँ । र, यो एउटा बुहतै खतरनाक कुरा हो ।’

भारतलाई खुशी पार्न प्रचण्डले भारतबाट आउने तरकारीहरुको जाँच गर्नु नपर्ने आदेश दिएको आरोप पनि ओलीले लगाए । ‘अहिले सरकारमा बस्नेहरुलाई कुनै लाजसराम छैन् । हाम्रो भान्साभान्सामा विषायीयुक्त चिज आउन दिने, भान्साभान्सामा नेपालीलाई खान दिने, मालिक खुसी हुन्छन कि हुँदैनन् । त्यति हो कुरा । मालिक खुसी हुन्छन भने नेपाली मेरेर के भयो ? नेपालीका भान्सामा विषादी आएर के भयो ?’ ओलीले भने ।

अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?