
२१ फागुन, बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ विजयी भएका छन् ।
शनिबार भएको मतदानको आइतबार बिहान सार्वजनिक परिणाम अनुसार श्रेष्ठ एक हजार १०७ मत पाएर विजयी भएका हुन् ।
श्रेष्ठका प्रतिस्पर्धी विजय पाण्डेले ६८७ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए ।
दुई हजार १९३ जना मतदातामध्ये एक हजार ८२८ जनाले मतदान गरेका थिए । श्रेष्ठ नेपाली कांग्रेस निकट हुन् भने पाण्डे एमाले निकट हुन् । सचिवबाहेक अधिकांश पदमा श्रेष्ठ प्यानलका उम्मेदवार विजयी भएका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य एक हजार २५५ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी अरुण कुमार गोयनकाले ५४७ मत प्राप्त गरेका छन् ।
यस्तै वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली ११२३ मत ल्याएर विजयी हुँदा रविकुमार श्रेष्ठले ६४३ मत पाए ।
उद्योग उपाध्यक्षमा दिलिपकुमार कान्दु ८९४ मत ल्याई निर्वाचित हुँदा प्रतिस्पर्धी हरिबहादुर थापाले ८७३ मत प्राप्त गरे । महासचिवमा कृष्ण प्रसाद घिमिरे ९६१ मत ल्याई विजयी भए । अर्का प्रत्यासी गोपाल भण्डारीले ८०४ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा कमल प्रसाद मरासिनी ८७७ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी गौरव श्रेष्ठले ५१८ र गंगासागर अग्रहरीले ३६२ मत ल्याए ।
सचिवमा पाण्डे प्यानलका मंगल भण्डारी ९९२ मत ल्याई विजयी भएका छन् । भण्डारीका प्रतिस्पर्धी धर्मवीर शर्माले ७७९ मत पाएका छन् ।
बस्तुगत सदस्यमा प्रीतम रौनियार, उद्योगतर्फ खुल्ला सदस्यहरुमा ओम जैसी, रमेश घिमिरे, रचना क्षेत्री, कमल ज्ञवाली र विष्णुमाया शर्मा पौडेल निर्वाचित भएका छन् ।
वाणिज्य तर्फ खुल्ला सदस्यमा अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्णप्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, दिनेशमान अमात्य, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी र विजय अधिकारी विजयी भएको प्रमुख निर्वाचन आयुक्त गौडेलले बताए ।
यस्तै कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल, सहकोषाध्यक्षमा संजयकुमार बेरीवाल, कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकासकुमार गोयनका तथा वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएका गौडेलले बताए ।
प्रतिक्रिया 4