+
+

भोट माग्दै कांग्रेस नेताहरु राप्रपा कार्यालयमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते १८:०९

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले साँझ राप्रपाका नेताहरुलाई भेटेका छन् ।

राप्रपाको पार्टी कार्यालयमा साँझ ६ बजे कांग्रेस र राप्रपाका नेताहरुबीच भेट भएको हो ।

भेटमा आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेतहरुलाई भेटघाट गरेको एक नेताले बताए ।

राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?