+
+

टीभी फिल्मी अब ‘नारी टीभी’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १६:५०

काठमाडौं । १४ वर्षदेखि फिल्मसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आएको टेलिभिजन च्यानल टीभी फिल्मीको नाम परिवर्तन गरिएको छ । सञ्चालक संस्था गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेलले अबदेखि च्यानलको नाम नारी टीभी रहने जानकारी दिइन् ।

नारी दिवसको अवसरमा बुधबारदेखि टेलिभिजनले नारीसम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने समेत उनले जनाइन् । सामाजिक सञ्जालमा उनी लेख्छिन्, ‘परिस्थिति फेरिंदै जाँदा करिब दुई वर्ष जति सिनेमा नै चलेनन् । त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पर्‍यो । कुनै समय थियो जति बेला ‘टीभी फिल्मी’ नेपाली सिनेमा, कलाकार, प्राविधिक र वितरकहरुको एक मात्र साझा मञ्च थियो । आज परिस्थिति बदलिएको छ । अन्य धेरै फिल्मी च्यानल, अनगिन्ती युट्युब च्यानल र प्रभावकारी सामाजिक सञ्जालका कारण सिनेमा क्षेत्रले दर्शकहरुको साथ पाइरहेको छ ।’

नारीमा समर्पित हुने गरी च्यानल प्रसारण गर्न लागिएको उनले बताइन् । कर्मचारी, प्राविधिक र प्रस्तोताको रुपमा सबै महिला नै रहने समेत उनले बताएकी छन् । नारी टीभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दा नारीमै केन्द्रित रहने समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?