+
+

उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी कायमै रहने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १२:१०

२८ फागुन, काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन् । ‘रामसहाय यादवको उम्मेदवारी बदर भएन, चारैजनाको उम्मेदवारी कायमै रह्यो’, शर्माले भनिन् ।

यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । यादव आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी कानुनसम्मत भएको भन्दै उजुरी खारेज गर्नुपर्ने माग गरेका थिए ।

उपराष्ट्रपतिमा गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले हिजो उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

यादवको उम्मेदवारी खारेज नभएपछि अहिलेसम्म चारै जनाको उम्मेदवारी कायम छ । ती उम्मेदवारहरुलाई आज पाँच बजेभन्दा अगाडि उम्मेदवारी फिर्ताको समय दिइएको छ । पाँच बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?