+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विवेकशील साझा पार्टीमा थपिए १२ केन्द्रीय सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १२:०७

२८ फागनु, काठमाडौं । विवकेशील साझा पार्टीमा १२ जना केन्द्रीय सदस्य थपिएका छन् । शनिबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरु थप गरेको हो ।

थपिएका केन्द्रीय सदस्यहरुमा युवा संगठन संयोजक सरोज गौतम, रवीन्द्र मिश्रले मार्ग परिवर्तन दस्तावेज ल्याएपछि मिलन पाण्डे समूहतिर लागेका नेता हरिश भट्टसहित नवराज थापा, रुस्तम अन्सारी, सूर्यदीप रेग्मी ‘दिपक’, चक्र न्यौपाने, निर्जला कक्षपती, धनेज थापा, मिलन परियार, निरन्जन चापागाईं, शिशिर बन्जारा र चन्द्र श्रेष्ठ छन् ।

विवेकशील साझा पार्टीमा २८ माघमा भएको अधिवेशनबाट समीक्षा बाँस्कोटा अध्यक्ष चुनिएकी थिइन् । विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ ।

बैठकले प्रदेशको अधिवेशनहरु प्राथमिकताको अग्रभागमा राखेर काम गर्ने र महाधिवेशनको सन्देश लिएर देशव्यापी यात्रा सुरु गर्ने निर्णय पनि गरेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?