+
+

वर्ल्ड राइजिङ स्टार बनेका बालगायक प्रसुन राष्ट्रपति भण्डारीबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १६:४६

काठमाडौं । जर्जियाको राजधानी टिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राइजिङ स्टार–२०२३ मा नेपालका बाल गायक प्रसुनजंग पोखरेल विजयी भएका छन् । प्रतियोगितामा उनले राष्ट्रिय पोसाक विधामा पनि जित हासिल गरेका छन् ।

थाइल्याण्डको टीन स्टार इन्टरनेसनल २०२२ मा फोर्थ रनरअप भएका प्रसुन ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन् । उनी नेपालको डीएसए सिंगिङ स्टार २०१९ का विजेता हुन् । परिवर्तन इभेन्ट हाउसद्वारा काठमाडौंमा आयोजित नृत्य, गायन र अभिनयसम्बन्धी प्रतिस्पर्धा डीएसए स्टार २०१९ मा विजेता भएपछि नेपालको प्रतिनिधित्व गर्दै प्रसुन जर्जिया पुगेका थिए ।

त्यहाँ उनले ४२ देशका प्रतिस्पर्धीमाझ अन्तिम प्रतिस्पर्धा गरे । उपाधि चुमेबापत शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसुनलाई सम्मानित गर्दै प्रसुनलाई विश्वमाझ पुगेर नेपालको नाम चिनाएको भन्दै शुभकामनासहित अवार्ड हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा ब्राइट फ्युचर एकेडेमीका प्रमुख कार्यकारी अधिकृत मोहन कार्की, मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा र परिवर्तन इभेन्ट हाउस निर्देशक राज बराइलीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?