+
+

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

लिलु डुम्रे लिलु डुम्रे
२०७९ चैत ३ गते १६:३७
उपराष्ट्रपति पदमा निर्वाचित भएपछि रामसहाय प्रसाद यादवलाई प्रमाण पत्र प्रदान गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेचन्द्र थपलिया । तस्वीर : आर्यन धिमाल

३ चैत, काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

नेपाली  कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यले मत दिएका थिए ।

नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । उनले पाएको मतभार जम्मा १६ हजार ३२८ रह्यो ।

जनमत पार्टीकी उम्मेदवार ममता झालाई २३ संघीय सांसद र १५ प्रदेशसभा सदस्यले मत दिएका छन् । उनले पाएको मतभार कुल २ हजार ३३७ रह्यो ।

उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यले भने मत दिएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार संसद भवन, बानेश्वरमा भएको मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मत दिएका थिए । चार जना प्रदेशसभा सदस्यको मत बदर भएको छ ।

उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । र, संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ र, उपराष्ट्रपतिमा निर्वाचित हुन कुल मतभार ५२ हजार ६२८ को ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?