+

भारतमाथि अष्ट्रेलियाको १० विकेटको जित

२०७९ चैत  ५ गते १८:४४ २०७९ चैत ५ गते १८:४४
भारतमाथि अष्ट्रेलियाको १० विकेटको जित

५ चैत, काठमाडौं । अष्ट्रेलियासँगको एक दिवसीय क्रिकेटमा भारत १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ ।

अष्ट्रेलियासँगको यो जितसँगै ३ खेलको शृंखला १–१ को बराबरी भएको छ । यसअघि शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको थियो ।

विशाखा पट्नम स्टेडियममा ११८ रनको लक्ष्य पाहुना टोलीले ११ ओभरमा बिना क्षति पूरा गरेको हो ।

अष्ट्रेलियाका लागि ओपनर त्राभिस हेडले ५१ र मिचेल मार्सले ६६ रन बनाएका हुन् । मार्शले ३६ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै हेडले ३० बलमा १० चौका हानेका हुन् ।

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २६ ओभरमा अलआउट हुँदै ११७ रन मात्र जोडेको हो ।

भारतका लागि सबैभन्दा ठूलो साझेदारी जम्मा २९ रनको मात्र भयो । ओपनर रोहित शर्मा र तेस्रो क्रमका ब्याटर विराट कोहलीले यो साझेदारी गरेका थिए । त्यसक्रममा कोहोलीले सर्वाधिक ३१ रन जोडे । उनले ३५ बलमा ४ चौका प्रहार गरे । ओपनर कप्तान रोहित शर्मा १५ बलमा १३ रन बनाउँदै क्याच आउट भए ।

रविन्द्र जडेजाले १६ बनाए । अक्षर पटेल २९ रनमा अविजित रहे भने अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् । अष्ट्रेलियाका लागि मित्सेल स्टार्सले सर्वाधिक ५ विकेट लिए । सिन अबोटले ३ र नथान इलिसले २ विकेट लिए ।

सिरिजको तेस्रो खेल २२ मार्चमा चेन्नईमा हुनेछ ।

अष्ट्रेलिया क्रिकेट भारतीय क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय