+
+

चितवनको माडी क्याम्पसको स्ववियू सभापति अनेरास्ववियुका चौधरी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १८:४८

५ चैत्र, चितवन । चितवनको माडीमा रहेको माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भएका छन् ।

आज आइतबार भएको मतदानमा चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरेका हुन् ।

चौधरीले ११९ मत ल्याउँदा गठवन्धनबाट उठेका अखिल क्रान्तिकारीका रवि भूर्तेलले १०६ मत ल्याए । चौधरी अनेरास्ववियु माडी क्याम्पस कमिटीका अध्यक्षसमेत हुन् ।

यस्तै उपाध्यक्षमा सचिव अनेरास्ववियू प्यानलका विकास ओझा र कोषाध्यक्षमा गठवन्धनबाट सन्धा लामिछाने विजयी भए ।

चितवनका स्ववियू निर्वाचन हुने १७ क्याम्पस मध्ये २ कलेजमा मात्रै आइतवार मतदान भएको थियो । माडी क्याम्पसमा कुल २४९ मतदाता रहेकोमा २२८ मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?