+
+

लिग लिडर पीएसजी घरेलु मैदानमै रेन्ससँग स्तब्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ८:१९

६ चैत, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै रेन्ससँग २-० ले पराजित भएको छ ।

पीएसजीको मैदान पार्क डे प्रिन्समा रेन्सका लागि  ४५औं मिनेटमा कार्ल टोको एकाम्बी र ४८औं मिनेटमा अर्नाड कालीमुएन्डोले गोल गरे ।

लिओनल मेसी र किलिएन एमबाप्पेले पूरै समय खेले पनि पीएसजीका लागि गोल गर्न सकेनन् ।

हारका बावजुत पनि पीएसजी २८ खेलमा ६६ अंकसहित शीर्ष स्थानमै छ । दोस्रो स्थानको मार्सेभन्दा पिएसजीको ७ अंक बढी छ ।

जितपछि रेन्स ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?