+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १६:२४

९ चैत, काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारस्थित पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो ।

२०१६ सालमा निर्माण भएको सो संसद भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो । समितिले सो भवनलाई पुनःनिर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताए ।

‘हामीले पुरानो संसद भवन सिंहदरबारभित्रको, २०१६ सालमा निर्माण भएको सिंहदरबार भित्रको पुरानो भवन भूकम्पका कारणले केही क्षति भएको छ । यसलाई फेरि पुनर्निमाण होइन कि रेट्रोफिट गरेर फेरि एउटा भवनलाई बचाउनको निमित्त सबैसँग छलफल गरिराखेका छौँ’ उनले भने, ‘यो समितिले शहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूहरुलाई बोलाएर उहाँहरुलाई यही निर्देशन दिएका छौं ।’

समितिले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरुलाई परिमार्जन गर्न पनि निर्देशन दिइएको बताए ।

बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरुले पुस्तकालय लगायत संघीय संसदका भवनहरु समयमै र गुणस्तरीय रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?