 
																			१२ चैत, धनगढी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको बताएका छन् । तर त्यसबारे आफूले कुनै निर्णय नगरेको उनको भनाइ छ ।
आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताए । ‘बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ । पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भन्नुहुन्छ,’ उनले भने, ‘तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन । मैले पनि माइन्ड मेकअप गरिसकेको छैन ।’
४ मंसिरमा अप्रत्यासित रूपमा चुनावमा पराजय व्यहोरेका यादवलाई उपनिर्वाचनमा मधेश केन्द्रित दलले मोर्चाबन्दी गरे जित कसरी सम्भव छ ? भनेर राखिएको जिज्ञासामा भने, ‘खेलमा जाँदा एउटामा गोल गर्न पाइएन भने अर्काे छोड्न हुँदैन । खेलाडीले कहिले गोल गर्छ, त कहिले खान्छ ।’
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबीचको एकताको मुख्य गाँठो कम्युनिस्ट पार्टी बनाउने वा समाजवादी भन्ने कुरामा अड्किएको जानकारीसमेत दिए ।
समाजवादी र जसपा एकता गर्ने सम्बन्धमा छलफल भएको हो तर मूल गाँठो नफुकेको बताउँदै उनले भने, ‘नेकपा छाडेर समाजवादी केन्द्र बनाए, अघि बढौं भन्ने कुरा राखेका छौं, उहाँहरू नेकपा छाडेर एकीकृत समाजवादी लिएर अघि बढ्नुभयो भने त्यो सम्भव छ ।’
जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्र बीच समाजवादी मोर्चा बनाउने कुरा पनि अघि बढेको बताउदै उनले थप कुरा भविष्यमा थाहा हुने उल्लेख गरे ।
यादवले सरकारले केही दिनभित्रै पूर्णता पाउने समेत बताए तर भागबण्डाबारे भने खासै प्रतिकृया दिएनन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4