+
+

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपाल र लाओस ‘अनौपचारिक फाइनल’ खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते ७:५५

१७ चैत, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपालले आज लाओससँग फाइनल खेल खेल्दैछ । फाइनल खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेलको अवधी सकिएकाले आज हुने नेपाल र लाओसबीचको फाइनल खेल अनौपचारिक हुनेछ । एउटा फिफा मितिमा दुई वटा मात्र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाउने नियम अनुसार आजको खेल औपचारिक नहुने भएको हो ।

आजको खेल र खेलाडीले कुनै अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । फाइनल खेलले फिफा वरीयतामा पनि कुनै असर गर्ने छैन ।

यद्यपि दुवै टोलीले यस खेललाई महत्वका साथ लिएका छन् । फाइनललाई फाइनलकै रुपमा लिँदै उपाधि जित्नका लागि खेल्ने दुवै टिमका कप्तान र प्रशिक्षकले बताइसकेका छन् ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् । नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।

पछिल्लो समय राष्ट्रिय टिमबाट खेल्ने अधिकांश खेलाडीहरु विदेशिँदा नेपाली टोलीमा अहिले नयाँ खेलाडीहरुको बाहुल्य छ । त्यसैले नेपालका नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस आफ्नो पहिलो प्रतियोगितामै उपाधि जितेर सुखद सुरुवात गर्ने सोचमा छन् । कप्तान किरण कुमार लिम्बु, रोहित चन्द, अनन्त तामाङ, नवयुग श्रेष्ठ र भरत खवास मात्रै अनुभवी खेलाडीको रुपमा छन् ।

अन्जन भुटान विरुद्धको खेलमा घाइते भएपछि दोस्रो हाफमा मैदान छाडेका थिए । उनले फाइनल खेल्ने सम्भावना कम छ । यस्तै पुजन उपरकोटी दोहोरो पहेँलो कार्डका कारण फाइनलमा खेल्ने छैनन् ।

६ नयाँ खेलाडीलाई टिममा राखेका एनेसले पहिलो खेलमै चार खेलाडी सनिश श्रेष्ठ, मणि कुमार लामा, दीपकराज सिंह ठकुरी र सुमित श्रेष्ठलाई डेब्यु गराइसकेका छन् ।

पहिलो पटक टिममा परेका गोलकिपर अभिषेक बराल र डिफेण्डर पदम भट्टराईले भने यस पटक डेब्यु गर्न पाएनन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?