
१७ चैत, जनकपुरधाम। महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु भएको छ ।
बलवा नगरपालिका वडा नं. १० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेलको मृत्यु भएको हो ।
अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए । उनी गौर नगरपालिक-२ का बासिन्दा हुन्।
बिहान ९ : २५ बजे मृत्यु भएको हो । पोस्टमार्टम गरी उनको शव परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4