+

भारतसँग हुने नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

२०७९ चैत  १९ गते १७:०८ २०७९ चैत १९ गते १७:०८
भारतसँग हुने नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

१९ चैत, काठमाडौं । वैशाखमा आयोजना हुने दोस्रो नेपाल भारत टी-२० नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल र भारतबीच हुने पाँच खेलको सिरिजका लागि नेत्रहीन क्रिकेट संघ नेपालले १५ सदस्यीय घोषणा गरेको हो ।

संघले प्रारम्भिक चरणमा २४ खेलाडी छनोट गरी पोखरा क्रिकेट मैदानमा प्रशिक्षण सञ्चालन गरेको थियो ।

त्यसैबाट अन्तिम टोली छनोट गरिएको र २०८० वैशाख १० गतेसम्म उनीहरुलाई बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।

बन्द प्रशिक्षणका लागि अष्ट्रेलियन दूतावास तथा विभिन्न संस्थाहरुको सहयोग गरेको संघले जनाएको छ ।

नेपाली टोलीको प्रशिक्षकमा रिजन प्रजु र सहायक प्रशिक्षकमा नहेन्द्र निरौला छन् ।

सिरिजका खेलहरु पोखरा क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ ।

नेत्रहीन क्रिकेट संघ नेपाल नेत्रहीन महिला क्रिकेटको जन्मदाताको रुपमा रहेको छ ।

संघले दोस्रो पटक नेत्रहीन महिला क्रिकेट सिरिज गर्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालमै बेलायतसँग सिरिज खेलेको थियो ।

यस्तै २०१९ मा पाकिस्तानमा गएर नेपाली महिला नेत्रहीन टिमले पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुईपक्षीय सिरिज खेलेको थियो । दुवै सिरिज नेपालले जितेको थियो ।

छनौट गरिएका खेलाडी

१. मुना अर्याल

२. रिता थापा

३. प्रतिभा राई

४. सरिता घिमिरे

५. मनकेशरी चौधरी

६. विमला राई

७. विनिता पुन

८. गिता पौडेल

९. दिल्लीशरा धमला

१०.सुस्मा तामाङ्ग

११. वनिता मगर सोमाई

१२. कान्ती योगी

१३. माया लुङ्गेली

१४. निशा चौधरी

१५. भगवती भट्टराई

नेत्रहीन क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय