 
																			२७ चैत, काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले शत प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको पत्र २६ चैतमा प्राप्त भएको कम्पनीले जनाएको छ ।
कम्पनीले २०० प्रतिशत अर्थात १ कित्ता बराबर २ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित विद्युत नियमन आयोगमा स्वीकृतिको लागि आवेदन दिएको थियो । तर, आयोगले भने १ कित्ता बराबर १ कित्ताको अनुपातमा मात्रै हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको कम्पनीले जनाएको छ ।
कम्पनीको प्रस्तावित हकप्रद नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4