+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

धितोपत्र बोर्डले माग्यो स्टक एक्सचेञ्ज लाइसेन्सको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते ११:२६

३० चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालको अल्पकालीन अन्तरिक आदेशले रोकिएको स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि पुनः आवेदन माग गरेको छ ।

बोर्डले ३० चैत बिहीबार एक सूचना प्रकाशित गर्दै २ असोजमा प्रकाशित सूचना अनुसार आवेदन ४५ दिन म्याद रहेकोमा १० दिन अगाडि सर्वोच्च अदालको अल्पकालिन अन्तरिम आदेश आएर आवेदन रोकिएकोले अब १० दिनभित्र बोर्डमा आवेदन पेस गर्न आह्वान गरेको छ ।

२६ चैतमा सर्वोच्च अदालतमा परेको रिट खोरज भएकोले २ असोजमा प्रकाशित भएको सूचना अनुसार नै बाँकी रहेको १० दिन म्याद अनुसार अबको १० दिनभित्र कमोडिटी बजार र धितोपत्र बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न आवेदन पेस गर्न आह्वान गरेको हो ।

‘सर्वोच्च अदालतबाट ४ कात्तिक २०७९ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशले १५ कात्तिकमा अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लाइसेन्स प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको थियो,’ धितोपत्र बोर्डले सूचना प्रकाशित गर्दै भनेको छ, ‘सर्वोच्च अदालतको २६ चैतको रिट खारेजी भएको फैसला अनुसार उक्त लाइसेन्स प्रकृया अगाडि बढाउने निर्णय भएर २ असोजको सूचना अनुसारको म्यादमध्ये बाँकी रहेको म्याद अनुसार सूचना प्रकाशित भएको मितिले १० (दश) दिन भित्र निवेदन दिनु पर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?