+
+

रवि लामिछानेका चालकलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १८:२१

५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) लाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका उनको चितवनकै पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो । तर उपचारमा संलग्न चिकित्सक र आफन्तजनको सल्लाहमा उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको हो ।

रास्वपा सभापति लामिछानेले बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी चिकित्क र आफन्तको सल्लाहमा काठमाडौं पठाइएको फेसबुकमार्फत जानकारी दिएका छन् ।

चितवनमा रवि लामिछाने बस्दै आएको घरको छतबाट खसेका थापा गम्भीर घाइते भएका थिए ।

उनको सोमबार नै चितवनको पुरानो मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरिएको थियो र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?