 
																			८ वैशाख, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ठेकेदारको गाडी नियन्त्रणमा लिएका छन् । सडक निर्माणको काम सुस्त बनाएको भन्दै उनले ठेकेदार कम्पनीको एउटा सवारी नियन्त्रणमा लिएका हुन् ।
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको ६ लेन सडक परियोजनाको इटहरी उपमहानगरपालिका क्षेत्रमा ५.३ किलोमिटर सडक निर्माण हुन बाँकी छ ।
विराटनगर–धरान सडक खण्ड अन्तर्गत हिम धुङ् थोकर एण्ड प्यासिफिक जेभी कम्पनीले ठेक्का लिएको तरहरादेखि धरानको सेउतीसम्मकव् सडक निर्माण सुस्त छ ।
मेयर पौडेलले पटक पटक स्थानीय सरकारको तर्फबाट आग्रह गर्दा पनि अटेर गरेपछि एउटा सवरी रोकिएको बताए । ठेकेदारले तीन दिन भित्र काम द्रुत गतीमा सञ्चालन गर्न लिखित प्रतिबद्धताका लागि नआए थप प्रक्रिया अगाडि बढाउने उनले बताए ।
‘स्थानीय सरकारले तर्फबाट हदैसम्म लचकता अपनाएर चाँडो काम सक्न आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अब ठेकेदार कम्पनीलाईं लिखित प्रतिबद्धता जनाउन समय सीमा दिइएको छ,’ मेयर पौडेलले भने, ‘यदि तोकिएको समयमा पनि प्रतिबद्धता नआए प्रधानमन्त्री कार्यालय र भौतिक निर्माण मन्त्रालय पुगेर दबाव दिन्छौं ।’
तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् प्यासिफिक जेभीले ठेक्का पाएकोको ५.३ मिटर सडक सुस्त निर्माण हुँदा सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्ट्रक्सनले काम अन्तिम चरणमा पु¥याएको छ । दुवै कम्पनीले एकै पटक ठेक्का पाएको नगरपालिकाले जनाएको छ ।
कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म र सुनसरीको दुहबी बजार खण्डमा सडक विस्तार हुन बाँकी छ । ०६९÷०७० बाट ६ लेन सडकको काम सुरु भएको थियो । २०८० सम्म निर्माण सम्पन्न गर्ने तयारी छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4