+

एमबाप्पेको दुई गोलमा पीएसजी उपाधितर्फ

२०८० वैशाख  ९ गते ८:३० २०८० वैशाख ९ गते ८:३०
एमबाप्पेको दुई गोलमा पीएसजी उपाधितर्फ

९ वैशाख, काठमाडौं । किलिएन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा एन्गर्सलाई २–१ ले पराजित गरेको छ ।

शुक्रबार रातिको यो जितपछि लिग लिडर पीएसजीले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । एन्गर्सको मैदानमा एमबाप्पेले खेलको नवौं र २६औं मिनेटमा गोल गरेका थिए । सबैखाले प्रतियोगितामा गरी एमबाप्पेले यस सिजन ३४ गोल गरिसकेका छन् ।

एन्गर्सका लागि सादा थिउबले ८७औं मिनेटमा सान्त्वना गोल फर्काए ।

जितपछि पीएसजीले ३२ खेलबाट ७५ अंक जोडेको छ र दोस्रो स्थानको मार्सेमाथि ११ अंक अग्रता बनाएको छ । मरासले एक खेल कम खेलेको छ ।

३२ खेलबाट १४ अंक मात्र रहेको एन्गर्स अंकतालिकामा पुछारमा छ ।

एमबाप्पे पीएसजी फ्रेन्च लिग वान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय