+

यू-१६ राष्ट्रिय क्रिकेट आजदेखि, सुदूरपश्चिम र कर्णालीबीच उद्घाटन खेल

२०८० वैशाख  १० गते १०:१३ २०८० वैशाख १० गते १०:१३
यू-१६ राष्ट्रिय क्रिकेट आजदेखि, सुदूरपश्चिम र कर्णालीबीच उद्घाटन खेल

१० वैशाख, धनगढी । एनआईएमबी सुदूरपश्चिम मुख्य मन्त्री कप यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ ।

धनगढीको फाप्ला मैदानमा घरेलु टिम सुदूरपश्चिम प्रदेश र कर्णालीबीच उद्घाटन खेल सुरु भएको छ ।

वैशाख १७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा आयोजना हुने प्रतियोगितामा सात प्रदेशको टोलीबीच प्रतिस्पर्धा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । क्यानले शनिबार सार्वजनिक गरेको तालिका अनुसार  समूह ए मा सुदूरपश्चिम र कर्णालीसहित मधेश प्रदेश र लुम्बिनी प्रलेश छन् ।

समूह बी मा बागमती, गण्डकी र कोशी प्रदेश छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल १७ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख पाउनेछन् ।

यस्तै प्लेअर अफ द सिरिजले १५ हजार, बेस्ट ब्याटर र बेस्ट बलरले जनही १० हजार तथा हरेक खेलको प्लेअर अफ द म्याचले २ हजार पाउने क्यानले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनआईएमबी छ भने सुदूरपश्चिम सरकारले विशेष सहयोग गर्ने क्यानले जनाएको छ ।

यू-१६ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय