+
+

असिनापानीले २०० विघाको आँपखेतीमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १५:४२

११ वैशाख, जनकपुरधाम । आइतबार राति आएको हावाहुरी र असिनाले धनुषाको बटेश्वर गाउँपालिकाको आँपखेतीमा ठूलो क्षति गरेको छ ।

भर्खरै चिचिला लागेको आँपमा र अन्य बालीनालीमा असिनाले क्षति गरेको छ । असिनाले बालीनालीमा क्षति पुर्‍याएपछि बटेश्वरको चित्रपुर, विजयपुर र सोनापुरका बासिन्दा चिन्तामा परेका छन् ।

आइतबार राति साढे ८ बजेट करिब आधा घण्टा असिनापानी परेको थियो । असिनाले लटरम्म फल्न लागेको आँपको चिचिला ८० प्रतिशत झरेको कृषक नथुनी कुशवाहले बताए ।

बाँकी रहेको २० प्रतिशत चिचिला सड्ने सम्भावना हुने भएकाले किसानलाई धेरै क्षति पुगेको उनको भनाइ छ । यो वडामा दुईसय विघा भन्दा धेरै क्षेत्रफलमा आँप खेती हुन्छ । कृषकको वर्षभरिको आयस्रोत असिनापानीले चौपट पारेको वडा नं. १ का वडाध्यक्ष अशोककुमार महतोले बताए ।

असिनापानीले मुख्य आयस्रोत रहेका आँप र बालिनाली क्षति भएपछि किसानहरु चिन्तित भएका हुन् । बालिनालीको साथै धेरै स्थानीयको टालीले छाएको घरको छानासमेत असिनापानीले फुटाएको छ । सम्बन्धित पक्षबाट भएको क्षतिको निरीक्षण गरेर राहतको व्यवस्था गर्नुपर्ने कृषकहरुको माग छ ।

बटेश्वर गाउँपालिका कार्यालयमा किसानहरुले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?