 
																			सक्छौ भने
निषेध गर मेरा आवाजहरू
लगाम लगाऊ मेरा सोचहरूमा
हतकडी लगाऊ मेरो न्यायको चाहनालाई
फलामको सिक्रीले बाँध मेरा स्वतन्त्र विचारहरूलाई
सक्छौ भने
लुटिदेऊ मेरो स्वाधीनता
नजरबन्द गर मेरा अधिकारहरूलाई
फाँसी देऊ मेरा भावनाहरूलाई
दमन र शोषण गरी राख मलाई
निरन्तर निरन्तर
तर अत्ति भएपछि एक दिन
थोपा थोपा लाभाहरू
एकजुट हुन्छन् जमिनमुनि
अनि खोज्छन् पातलो सतह विस्फोट हुन
भन अनि के सक्छौ ?
ज्वालामुखीको विस्फोट रोक्न ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4