+
+

गोरखाको प्रशासन कार्यालयले बिदाको दिन पनि सेवा दिने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १४:२४

१२ वैशाख, गोरखा । गोरखाको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिनपनि सेवा दिने भएको छ ।

शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिइने प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यो बर्ष सार्वजनिक बिदा दिइएको १४ दिन पनि कार्यालय खुल्नेछ । वैशाख २२ गते (उभौली पर्व, बुद्ध जयन्ती), जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते (श्रीकृष्ण जन्माष्टमी), असोज २८ गते (घटस्थापना) र पुस ९ गते क्रिसमस डे को दिनमा सेवा प्रवाह हुने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । यी सबै दिन सार्वजनिक बिदा छन् ।

त्यस्तै पुस १० गते किरात समुदायको उभौली पर्व, योमरी पुन्ही र पुस १५ को तमु ल्होसारका दिनमा पनि कार्यालय खुल्नेछ । पुस २७ गतेको पृथ्वी जयन्ती र माघ १ गतेको माघी पर्वका दिन पनि कार्यालय खुल्ने भुसालले जानकारी दिए ।

फागुन १ गते (जनयुद्ध दिवस), फागुन ७ (प्रजातन्त्र दिवस), फागुन २५ (महाशिवरात्री), फागुन २८ (ग्लोल्पो ल्होसार/बकर इद) को दिन पनि प्रशासन कार्यालयबाट नियमित रुपमा सेवा प्रवाह हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?