+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
प्रविधि :

ट्वीटरमा अब समाचार पढ्न पनि पैसा तिर्नुपर्ने !

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १३:४९

१८ वैशाख, काठमाडौं । सोसल मिडिया प्लाटफर्म ट्वीटरका सीईओ एलन मस्कले प्रयोगकर्ताहरुलाई एक महत्वपूर्ण संकेत गरेका छन् । मस्कले एक ट्वीट गर्दै अब प्रयोगकर्ताले प्रति आलेखको आधारमा शुल्क तिर्नुपर्ने बताएका हुन् ।

यो सँगै मासिक सदस्यता नलिएका प्रयोगकर्ताले ट्वीटरमा कुनैपनि समाचार वा आलेख पढ्नका लागि धेरै रकम तिर्नुपर्ने हुन्छ । मस्कले भनेका छन्, ‘कतिपय मानिसहरुका लागि यो आयको महत्वपूर्ण श्रोत बन्नेछ र उनीहरु प्रयोगकर्ताका लागि उत्कृष्ट सामाग्री तयार गर्नमा धेरै समय खर्चिन बाध्य हुनेछन् ।’

यसअघि मस्कले निशुल्क भेरिफाइड अकाउन्टहरुबाट ब्लू टिक हटाउने घोषणा गरेका थिए । साथै ब्लू टिक सब्सक्रिप्सन नगर्ने प्रयोगकर्तालाई ब्लू टिक प्राप्त नहुने भन्दै गत अप्रिल १२ मा उनले एक ट्वीट गरेका थिए । जस अनुसार अप्रिल २० देखि निशुल्क रुपमा प्राप्त लिगेसी ब्लू टिक हटाउन सुरु गरिएको थियो ।

मिडिया प्रकाशकहरुलाई शुल्क लिने अनुमति

शनिवार एक नयाँ ट्वीट गर्दै मस्कले आगामी महिनादेखि ट्वीटरमा कुनैपनि समाचार सामाग्री तथा आलेख पढ्नका लागि प्रयोगकर्ताबाट शुल्क लिने अनुमति मिडिया प्रकाशकहरुलाई प्रदान गरिने बताएका छन् ।

उनका अनुसार प्रयोगकर्ताहरुबाट प्रति आलेखको आधारमा शुल्क लिइनेछ र यदि उनीहरुले मासिक सदस्यताका लागि साइन अप नगरेमा उनीहरुले महंगो शुल्क तिर्नुपर्नेछ । उनका अनुसार यसबाट प्राप्त सबै आम्दानी सामाग्री सर्जक तथा प्रकाशकहरु सँग जानेछ । अर्थात् यो रकमको कुनैपनि हिस्सा ट्वीटरले राख्नेछैन ।

मस्कका अनुसार यो फिचर सुरु भएसँगै मिडिया प्रकाशकहरुले प्रति सामाग्रीको आधारमा एक क्लिकमै प्रयोगकर्ताहरुबाट शुल्क लिन पाउनेछन् । यो नयाँ नियम मिडिया संस्था तथा आम नागरिक सबैको ठूलो जितको रुपमा रहेको पनि जिकिर गरेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?