+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौं बाल स्वास्थ्य संस्थानको परोपकारी दूतमा गायक प्रमोद खरेल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १४:१८

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा स्थापित काठमाडौं बाल स्वास्थ्य संस्थान (कीओएच)को परोपकारी दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् ।

बिहीबार चपलीहाइटस्थित उक्त बाल अस्पतालमा आयोजित समारोहमा अस्पतालका अध्यक्ष डा. कोइरालाले गायक खरेललाई दूतको नियुक्तिपत्रसहित सम्मान प्रदान गरे । उक्त अवसरमा डा. कोइरालाले लोकप्रिय गायक खरेललाई काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको परोपकारी दूत बनाउन पाउँदा आफू तथा आफ्नो संस्था हर्षित भएको बताए ।

‘हामी के कुरामा विश्वस्त छौं भने गायक खरेलको स्वदेश तथा विदेशको लोकप्रियता तथा पहुँचका कारण हाम्रो संस्थाले गरेका राम्रा कामको प्रवद्र्धन हुनुका साथै हाम्रो संस्थाको लक्ष्य प्राप्तिमा थप सहयोग पुग्ने छ,’ उनले भने । सम्मान ग्रहण गर्दै खरेलले पवित्र योजनामा जोडिन पाउनु गौरवको कुरा भएको बताए ।

‘बालबालिकाका निम्ति आज जनताले थेग्न सक्ने गरी सुलभ उपचार सेवाको उदेश्यले सातै प्रदेशमा अस्पताल स्थापना हुने यो महान् अभियानमा मेरो साथ र सहयोग रहने छ,’ खरेलले भने, ‘यो मिसनमा आवद्ध हुन पाउदा डा. कोइरालालगायत सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दछु ।’

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने कार्य गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?