 
																			२६ वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले पर्यटन र वनले प्रदेशलाई पाल्न सक्ने बताएका छन् । पर्यटन पूर्वाधार विकास र वनको उचित प्रयोगबाट संकलन हुने राजस्वले प्रदेशलाई पाल्ने बताएका हुन् ।
पर्यटन,वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की र मन्त्री जीवन अचार्यले यस्तो बताएका हुन् ।
तर स्पष्ट नीति नहुँदा बजारमा काठको माग धान्न विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । पर्यटन,वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ९ महिनामा प्रदेश १ मा ११ लाख ६१ हजार क्युफिट काठ अमेरिका, म्यानमार, इन्डोनेसिया र मलेसियाबाट आयात भएको छ ।
संघीय सरकारको नीतिका कारण नेपालका काठ भने जंगलमै सडन् थालेको पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले बताए ।
‘धरानमा अस्ती गएर काठ हेर्दा विरक्त लाग्यो, काठ अलपत्र छाडेर के गर्न खोजेको बुझ्नै सकिन्,’ उनले भने,‘..मलेसिया(विदेश)को काठ ल्याउन जोड दिने र मुलुकको काठ कुहाउने को-को रहेकछन् म पत्ता लगाउँछ ।’ जंगलमा सड्दै गएको काठको फोटो खिचेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देखाएको उनले बताए ।
यो प्रदेश पर्यटन वन मन्त्रालयले नै पाल्ने रहेछ, हामीसँग यहाँ कर्मचारीका तलबका कुरा गरिरहेका छौं,’ उनले भने,‘ तर पनि किन काम अघि बढ्न सकेन्, यो चिजको खोजी गर्नपर्छ।’ पर्यटन क्षेत्रको विकास र वन क्षेत्रको विकास र व्यवस्थीत प्रयोगबाट हुने आम्दानीले प्रदेश सञ्चालनको खर्च धान्न सक्ने उनको भनाइ छ ।
‘काठको व्यस्थापनको सन्धर्वमा सबै भन्दा राम्रो उपाय के हुन्छ ? भन्नुहोला,’ उनले भने,‘संघीय सरकारसँग पहल गरेर निकाश निकाल्छु।’
नेपालसँग सीमा जोडिएको भारतका प्रदेशबाट एक प्रतिशत मात्रै पर्यटकलाई प्रदेशमा ल्याउन सके प्रदेशको विकास हुने बताए ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन पर्यटन क्षेत्रको विकासले प्रदेशको आन्तरिक आम्दानी बढ्ने बताए । उनले यी क्षेत्रको विकास गरेर राजस्व सङ्कलन वृद्धि गर्दै जानुपर्ने बताए । वन मन्त्रालयबाट प्रदेशको राजस्व योगदान सोचे अनुसार नभएको उनको भनाई छ ।
प्रदेशभित्रका धेरै सामुदायिक वनहरुले राजस्वमा योगदान पुर्याई रहेको चर्चा गर्दै उनले त्यस्ता सामुदायिक वनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व संकलनमा प्रदेश सरकार जोडिनुपर्ने बताए।
वनलाई पर्यटनसँग जोडेर लैजादा निजी क्षेत्रलाई पनि सँगसँगै लैजान आवश्यक रहेको उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4